गाई तस्करी गर्न अगावै 3 जना तस्कर पक्राउ, पक्रा पर्नेहरू अदालतमा पेश

सिलगढी (निसं): अनौठो तरिकाले तस्करी गरिरहेका गाईहरू सहित तीनजना तस्करलाई पुलिसले पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार बिहिबार राति अमईदीघी क्षेत्रबाट 5 वटा गाई सहित तीन जना व्यक्तिलाई न्यू जलपाईगढी थाना पुलिसले पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीहरूमा मुक्तार अली, रिजवान करीम र एमडी समर सामेल छन्। यसको साथै पुलिसले तस्करी गर्दा प्रयोग गरेको एउटा वाहन पनि जफत गरेको बताइएको छ।  


पुलिस सूत्रले दिएको जानकारी अनुसार, यी उद्धार गरेका गाईहरू बिहारबाट असमतर्फ लगिरहेको थियो। पक्रा पर्ने तीनै जना आरोपीलाई आज शुक्रवार पुलिसले जलपाईगढी अदालतमा पेश गरेपछि  तिनीहरूलाई 5 दिनको पुलिस हिरासतमा लिएको छ। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।  

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *