गजलडोबा-फुलबारी क्यानाल रोडमा 2 वटा डम्पर ठोक्किँदा 1 जनाको मृत्यु

राजगञ्ज  (निसं): दुईवटा डम्पर आपस्तमा ठोक्किँदा एकजना डम्पर चालकको मृत्यु भएको छ भने अन्य चालक गम्भीर रूपमा घाइते भएको छ। उक्त घटना आज बिहान गाजलडोबा-फुलबारी क्यानाल रोडको खटखटी घाट इलाकामा घटेको हो। मृतक चालकको परिचय हालसम्म जुटाउन सकेको छैन। स्थानीय सूत्रले दिएको जानकारी अनुसार आज बिहान लगभग 7 बजी एउटा 6 चक्के डम्पर गजलडोबाबाट आमबारीतर्फ गइरहेको थियो भने अर्को एउटा 12 चक्के डम्पर गजलडोबातर्फ गइरहेको थियो। त्यहीँ समय क्यानाल रोडको खटखटी घाट इलाकामा दुवै डम्पर आपस्तमा ठोक्किँदा एकजना डम्पर चालकको घटनास्थलमै मृत्यु भएको छ भने अन्य डम्पर चालक गम्भीर रूपमा घाइते भएको बताइएको छ। घटनाको खबर पाएर भोरेर आलो थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। यसैगरी, घाइते चालकलाई पनि उपचारको लागि अस्पतालमा पठाएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *