गजलडोबा भोरेर आलोमा 13 वटा कटेजको ममता ब्यानर्जीद्वारा भर्चुअल उद्घाटन

राजगञ्ज : गजलडोबा भोरेर आलोमा आज अझै 13 वटा कटेजको उद्घाटन गरियो। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले आज कोलकाताबाट उक्त कटेजहरूको भर्चुअल उद्घाटन गरिन्। यीमध्ये 5 वटा कटेज दुई तले रहेको छ। राजगञ्जका विधायक तथा गजलडोबा विकास प्राधिकरणका उपाध्यक्ष खगेश्वर रायले बताएअनुसार पूजाभन्दा अगावै भोरेर आलोमा दोस्रो चरणमा 13 वटा कटेज खोलिएकोले पर्यटकहरूलाई निक्कै फाइदा भयो। यो खुशीको खबर हो। यस अवसरमा जलपाईगढीका जिल्लाशासक मौमिता गोदारा बसु, जिल्ला परिषदकी सभाधिपति उत्तरा बर्मन, जिल्ला राजगञ्ज पञ्चायत समितिका अध्यक्ष पूर्णिमा राय, राजगञ्जका बीडीओ पंकज कोनार, उत्तर बंगालका पर्यटन विभागको संयुक्त अधिकारी ज्योति घोष, वनविभागको उद्यान तथा कानन विभागका उत्तरबंग डीएसओ अन्जन गुहा लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *