गजलडोबाको भोरेर आलोमा बंगाल हिमालयन कार्निभलको आयोजना

राजगञ्ज : राज्यका पर्यटन विभागको सहयोगमा हिमालयन हस्पिट्यालिटी एन्ड टुरिज्म डेभलपमेन्ट नेटवर्क अथवा एचएचटीडीएन-द्वारा तीन दिवसीय बंगाल हिमालयन कार्निभलको आयोजना गरिएको छ। यसै क्रममा आज गजलडोबाको भोरेर आलोमा उक्त कार्निभलको आयोजना गरियो। गत शुक्रबार दार्जिलिङमा, हिजो कालेबुङ र आज गजलडोबाको भोरेर आलोमा उक्त कार्निभलको आयोजना गरिएको छ। उक्त कार्निभलमा विभिन्न कार्यक्रमहरूको माध्यमद्वारा उत्तर बंगालको पर्यटन चित्रलाई दर्साउनको साथै पर्यटनको विकासमूलक विषयबारे अवगत गराइयो। एचएचटीडीएन-का सल्लाहकार राज बसुले राज्यमा पूर्वदेखि पश्चिम उत्तरदेखि दक्षिणसम्म पर्यटनको व्यापक सम्भावना रहेको छ। उत्तर बंगालमा दार्जिलिङ पहाड़ र डुवर्स लगायत धेरै ठाउँसँग हिमालय पर्वत जोडिएको छ। यसैले देश तथा दुनियाँका मानिसहरूको ध्यानाकर्षित गर्ने उद्देश्य लिएर उत्तर बंगालमा बंगाल हिमालयन कार्निभल शुरू गरेको हो। पर्यटन मन्त्री गौतम देवले उत्तर बंगाल लगायत राज्यभरि मै पर्यटन विकासको धेरै सम्भावना रहे तापनि केन्द्र सरकारको तर्फबाट धेरै सहयोग नपाएको बताए। कोरोना महामारीको कारण पर्यटन उद्योगलाई आईटी सेक्टरबाट अधिक नोक्सान भएको साथै राज्य सरकारले आफ्नो सीमित क्षमता भए तापनि पर्यटनलाई विकसित गर्न प्रयास जारी राखेको तिनले बताए। पर्यटन विकासको हितमा केन्द्र सरकारले आफ्नो बजटको समीक्षा गरेर पर्यटन विकास योजनालाई अप्नाओस् साथै पर्यटनसित सम्बन्धित बिजुली र परिवहन लगायत करमा छुट सहित विभिन्न विषयमा सहज ऋण व्यवस्था उपलब्ध गराओस् भनी तिनले बताए। यस अवसरमा जलपाईगढीका जिल्लाशासक मौमिता गोधरा बसु, गजलडोबा डेभलपमेन्ट अथोरिटीका भइस चेयरम्यान तथा राजगञ्जका विधायक खगेश्वर रायवन विभागका पार्कस एन्ड गार्डन विभागका उत्तर बंगाल डीएफओ अञ्जन गुह, मालबजारका महकुमाशासक सान्तनु बाला, सीआईआईका चयेरम्यान सञ्जय टिब्रुअल लगायत अन्य उपस्थित थिए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *