गजलडोबाको टाकीमारीमा निःशुल्क आँखा जाँच शिविर

राजगञ्ज : गजलडोबाको टाकीमारीमा आज निःशुल्क आँखा जाँच शिविरको आयोजना गरियो। राजगञ्ज ब्लकको मान्तादारी ग्राम पञ्चायतको 2 नम्बर टाकीमारी बजार कमिटीको पहलमा तथा सिलगढी लायन्स क्लबको सहयोगमा उक्त शिविरको आयोजना गरिएको हो। उक्त शिविरमा इलाकामा धेरैजना मानिसहरूले आँखा जाँच गराए। क्लबका सदस्य दुलाल अधिकारीले बताएअनुसार टाकीमारी इलाका कृषि क्षेत्र हो। यहाँका मानिसहरू बिरामी भएको खण्डमा उपचारको लागि सिलगढी तथा जलपाईगढी जान पर्दछ। यसैले इलाकाको मानिसहरूको समस्यालाई ध्यानमा राखेर आज निःशुल्क आँखा जाँच शिविरको आयोजना गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *