गजलडोबामा खुट्टी पुजाको माध्यमद्वारा रासमेला, उत्तरबंग लोक संस्कृति तथा बाउल उत्सवको तयारी शुरू

राजगञ्ज : खुट्टी पुजाको माध्यमद्वारा गजलडोबाको टाकिमारीमा रासमेला तथा उत्तरबंग लोक संस्कृति एवम् बाउल उत्सवको तयारी शुरू गरेको छ। राजगञ्ज ब्लकको मान्तादारी ग्राम पञ्चायतको टाकीमारीमा नव मिलन युवक संघ तथा 2 नम्बर टाकीमारी बजार कमिटीको व्यवस्थापनमा आयोजित रास उत्सवले यस वर्ष 24औँ वर्षमा पाइला टेकेको छ। आगामी 7 नोभेम्बरमा रास उत्सव हो। आगामी 8 नोभेम्बरदेखि 14 नोभेम्बरसम्म मेलाको आयोजना गरिने छ भने  7 दिनसम्म रासमेला तथा बाउल उत्सवको आयोजना गरिनेछ। मेला कमिटीका सदस्यले बताएअनुसार कोरोनाले गर्दा गत 2 वर्ष केवल पुजाको आयोजना गरियो भने यस वर्ष स्थिति सामान्य रहेकोले रास मेलाको भोलिपल्टदेखि 7 दिनव्यापी रासमेला तथा उत्तरबंग लोक संस्कृति औ बाउल उत्सवको आयोजना गरिनेछ। उक्त मेलामा राज्य लगायत बङ्ग्लादेशबाट बाउल कलाकारहरूले अंश ग्रहण गर्नेछन्। आज खुट्टी पुजाको माध्यमद्वारा यसको तयारी शुरू भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *