जलपाईगढीमा वाहनको धक्काले महिलाको मृत्यु

जलपाईगढी : जलपाईगढीमा एउटा वाहनले धक्का दिँदा महिलाको घटनास्थलमै मृत्यु भएको छ। उक्त घटनाले झाबाड़ी मोड़ संलग्न नौवापाड़ा इलाकामा आज तनाउको माहौल देखापर्यो। स्थानीय सूत्रले दिएको जानकारी अनुसार हल्दीबाड़ी मोड़देखि एउटा वाहन जलपाईगढी सहरतर्फ आइरहेको समय वाहन अनियन्त्रित भएर सड़क किनारमा उभिएकी एउटी महिलालाई धक्का दिँदा घटनास्थलमै तिनको मृत्यु भएको छ भने वाहन चालकले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। घटनापछि स्थानीय मानिसहरूले विरोध प्रदर्शन गरे। घटनाको खबर पाएर कोतवाली थाना पुलिस घटनास्थलमा पुगेर परिस्थिति सामान्य गरेपछि शव उद्धार गरेर पोस्टमार्टमको लागि अस्पतालमा पठाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *