गणतन्त्र दिवसको अवसरमा अप्पर चेङ्गमारीमा विविध कार्यक्रम

नगरकट्टा : भारत भुटान सिमानास्थित अप्पर चेङ्गमारी चियाकमानमा 72औँ गणतन्त्र दिवस पालन गरियो। मिशन फिट चेङ्गमारी अनि सनराइज इङ्ग्लिश स्कुलको संयुक्त पहलमा युवा युवतीहरूलाई शारीरिक स्वास्थ्य अनि खेलकुदप्रति प्रोत्साहन गर्ने उद्देश्य लिएर आज एउटा कार्यक्रमको आयोजना गरियो। गणतन्त्र दिवसको उपलक्ष्यमा आयोजित गरिएको उक्त कार्यक्रममा युवाहरूको लागि म्याराथन दौड़, युवतीहरूको लागि स्किपिङ अनि नानीहरूको लागि एक सय मीटर दौड़ लगायत अन्य खेलकुद कार्यक्रमको आयोजना गरिएको थियो।


खेलकुद कार्यक्रममा विजय प्रतियोगीहरूलाई नगद राशि एवम् ट्रफीद्वारा सम्मानित गरियो। आज गणतन्त्र दिवसको उपलक्ष्यमा क्षेत्रका युवा-युवतीहरूलाई शारीरिक स्वास्थ्यप्रति जागरूक गराउने उद्देश्य लिएर उक्त कार्यक्रमको आयोजना गरिएको मिशन फिट चेङ्गमारी संस्थाका संस्थापक प्रदीप राईले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *