‌गणतन्त्र दिवस कार्यक्रमको निम्ति जलपाईगढीमा अभ्यास शुरू

जलपाईगढी : गणतन्त्र दिवसको अवसरमा आयोजित गरिने परेडको निम्ति जलपाईगढीको विश्व बङ्ग्ला क्रीड़ाङ्गनमा अभ्यास शुरू भएको छ। लगभग 30 वटा स्कुलका विद्यार्थीहरू, जलपाईगढी जिल्ला पुलिसको एउटा टोली एवम् पुलिस ब्यान्डले यस परेडमा अंश ग्रहण गर्ने भएको छ। जलपाईगढी जिल्ला पुलिसको नेतृत्वमा आगामी 25 जनवरीसम्म उक्त अभ्यास लगातार जारी रहने छ। प्रत्येक वर्ष झैँ यसपल्ट पनि जलपाईगढीको विश्व बङ्ग्ला क्रीड़ाङ्गनमा गणतन्त्र दिवसको उपलक्ष्यमा रङ्गारङ्ग कार्यक्रमको आयोजना गरिने भएको छ। कार्यक्रममा जलपाईगढी जिल्लाशासक अभिषेक तिवारीलगायत जिल्ला प्रशासनका अन्य अधिकारीहरू उपस्थित हुने बताइएको छ। परेडबाहेक विविध सांस्कृतिक कार्यक्रमहरूको पनि आयोजना गरिनेछ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *