गणतन्त्र दिवसको जोड़तोड़ले पूर्व तयारी

खोरीबारी: खोरीबारी, नक्सलबारी खण्डसहित सीमावर्ती क्षेत्र गलगलीयाका विभिन्न सरकारी तथा गैर सरकारी प्रतिष्ठानहरूमा गणतन्त्र दिवसलाई लिएर जोड़तोड़ले तयारी भइरहेको छ। विशेष गरेर यहाँका विभिन्न कार्यालय तथा स्कूलहरूमा झण्डोत्तोलनलाई लिएर साफ-सफाई अनि रंग-पचेरा लगाइने कार्यहरू भइरहेको छ। यसैगरी, केही स्कूलहरूमा गणतन्त्र दिवसको अवसरमा आयोजित गरिने सांस्कृतिक तथा मार्चपास आदि जस्ता कार्यक्रमहरूको लागि विद्यार्थीहरूले पूर्व अभ्यास जोडतोड़ले गरिरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *