गणतन्त्र दिवसको अवसरमा राजगञ्जमा म्याराथन दौड प्रतियोगिताको आयोजना

राजगञ्ज (निसं): गणतन्त्र दिवसको अवसरमा राजगञ्जमा म्याराथन दौड प्रतियोगिताको आयोजना गरियो। राजगञ्ज श्रीसंघ क्लबले सन्न्यासीकाटा ग्राम पञ्चायत अन्तर्गत गडरादेखि राजगञ्ज श्रीसंघ क्लबसम्म लगभग 8 किमी म्याराथन दौडको आयोजना गर्यो। राजगञ्जका विधायक खगेश्वर राय तथा पञ्चायत समितिकी अध्यक्ष रूपाली दे सरकरले राष्ट्रिय ध्वज फहराएरपछि प्रतियोगिताको शुभारम्भ गरे। यस सम्बन्धमा क्लब सदस्य अरिन्दम ब्यानर्जीले भने, गणतण्त्र दिवसको अवसरमा राजगञ्ज श्री संघ क्लबको सञ्चालनमा आज म्याराथन दौडको आयोजना गरियो। यस प्रतियोगितामा 110 जना प्रतियोगीहरूले अंश ग्रहण गरेका थिए। प्रतियोगितामा प्रथम, द्वितीय तथा तृतीय स्थान प्राप्त गर्ने विजेताहरूलाई पुरस्कार प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *