गणतन्त्र दिवसलाई ध्यानमा राखेर चेकिङ अभियान

सिलगढी : देशको गणतन्त्र दिवसलाई ध्यानमा राखेर उत्तरबंगालको प्रमुख शहर सिलगढी अनि यसका संलग्न क्षेत्रहरूमा पुलिसले व्यापक सुरक्षा व्यवस्था अप्नाएको छ। गणतन्त्र दिवसको एक दिन अघिबाटै विशेष गरेर नेपाल, बङ्ग्लादेश, भुटान, सिक्किम आदि क्षेत्रहरूबाट आउने सबै प्रकारको साना ठुला वाहनहरूलाई रोकेर पुलिसले छानबीन शुरू गरेको छ।


गणतन्त्र दिवसको दिन कुनै प्रकारको अप्रिय घटना नघटोस् भन्ने उद्देश्यले नै यसप्रकारको नाका चेकिङ चलाइएको साथै हालसम्म कुनै प्रकारको सन्देहजनक वस्तुहरू कहीँकतैबाट पनि फेला नपरेको पुलिस सूत्रले जनाएको छ। यसैगरी, सिलगढी नजिक एनजेपी रेलवे स्टेशनमा पनि आज स्नीफर डगको सहयोगमा यहाँको प्लेटफर्म तथा विश्राम गर्ने ठाउँमा यात्रुहरूको झोलाहरूको जाँच गरियो। यस अवसरमा स्नीफर डग लगायत पुलिसका केही शीर्ष अधिकारीहरू पनि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *