गणतन्त्र दिवसमा रक्तदान, स्वास्थ्य जाँच शिविर

सिलगढी : 71औँ गणतन्त्र दिवसको अवसरमा सिलगढ़ीको गेट बजार वेलफेयर व्यवसायी समितिको तर्फबाट एउटा मेगा शिविरको आयोजना गरियो। राज्यका पर्यटन मन्त्री गौतम देवले दीप प्रज्ज्वल गरेर उक्त शिविरको विधिवत् उद्घाटन गरे। उक्त शिविरमा रक्तदान, स्वास्थ्य जाँचलगायत आवश्यकमन्द विद्यार्थीहरूलाई स्कुलमा चाहिने सामाग्रीहरू वितरण गरियो। उक्त शिविरमा लगभग 30 जना आवश्यकमन्द विद्यार्थीहरूलाई स्कुलमा चाहिने सामाग्रीहरू वितरण गर्नको साथै स्वास्थ्य जाँच पनि गराइयो। उक्त शिविरमा सङ्ग्रह गरिएको रगत उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाइएको बताइएको छ। यस अवसरमा मुख्य अतिथिको रूपमा बङ्गरत्न भारती घोष पनि उपस्थित थिइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *