गणतन्त्र दिवसमा बाइक र्‍यालीको आयोजना

सिलगढी : सुकना गेम्स् एन्ड स्पोर्ट्स एसोसिएशनको तर्फबाट आज 71औँ गणतन्त्र दिवसको अवसरमा एउटा बाइक र्‍यालीको आयोजना गरियो। उक्त बाइक र्‍याली सिलगढीको भेनस मोडबाट शुरू गरेर यहाँको विभिन्न पथहरूको परिक्रमा गरेपछि अन्तमा सुकनामा पुगेर समापन गरियो। यसपछि सुकना गेम्स् एन्ड स्पोर्ट्सको आयोजनामा हाल सम्पन्न भइरहेको सुकना गोल्डकप फुटबल प्रतियोगिताको आजको खेल आमुक्त परिवार सिलगढी बनाम नर्थ बेङ्गल आर्म पुलिसमाझ शुरू भयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *