गणतन्त्र दिवसमा सिलगढ़ीमा म्याराथन दौड़ प्रतियोगिता

सिलगढी: उत्तरबंग उत्सवलाई ध्यानमा राखेर अग्रणी सङ्घ सिलगढ़ीको तर्फबाट म्याराथन दौड़ प्रतियोगिताको आयोजना गरिएको छ। आगामी 26 जनवरीको दिन सिलगढीको भेनस मोडबाट यो प्रतियोगिता आरम्भ हुने भएको छ, जसमा हाफ म्याराथन, मिनी म्याराथन, ड्रीम रन सामेल रहेको छ। अग्रणी संघको म्याराथन कमिटीका अध्यक्ष प्रसेनजीत रायले बताए अनुसार गत वर्षको म्याराथन दौड़ प्रतियोगितामा लगभग 400 धावकले अंश ग्रहण गरेका थिए भने यस पल्ट धावकहरूको सङ्ख्या अझ धेर हुने तिनले सम्भवना व्यक्त गरे। हाफ म्याराथनमा विजयी प्रतियोगीलाई एक लाख रूपियाँ पुरस्कार दिइने छ भने प्रथम दस प्रतियोगीलाई पनि पुरस्कृत गरिने बताइएको छ। हाफ म्याराथनमा केवल पुरूषहरूले मात्र अंश ग्रहण गर्न सक्ने छन् भने अन्य वर्गमा महिलाहरूले पनि अंश ग्रहण गर्न सक्ने तिनले बताए। यसको साथै पर्यावरणमाथि आधारित स्लोगन प्रतियोगिताको पनि आयोजना गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *