गणतन्त्र दिवसमा सिलगढी टाउन स्टेशनका महिला कर्मचारीहरूलाई संवर्द्धना

सिलगढी: 73औं गणतन्त्र दिवसको अवसरमा आज सिलगढीमा महिलाहरूद्वारा सञ्चालित एक मात्र सिलगढी टाउन स्टेशनमा राष्ट्रीय झन्डा फहराएर गणतन्त्र दिवस मनाइयो। सबै स्टेशन परिसरलाई तिरंगा झन्डा तथा बेलुनहरूले सजाइएको छ। स्टेशन म्यानेजर प्रतिमा दे, एरिया म्यानेजर आसिफ अली लगायत स्टेशनका अन्य महिला कर्मचारीहरूद्वारा राष्ट्रीय झन्डा उत्तोलन गरियो। उल्लेखनीय रहोस, सिलगढी टाउन स्टेशन राज्यको एक मात्र यस्तो स्टेशन हो, जहाँ 24 घन्टै महिला स्टाफहरूले देखरेख गर्दछन्।


यसैले रेल विभागद्वारा कुशल महिला कर्मीहरूलाई आज गणतन्त्र दिवसको अवसरमा संवर्द्धना जनाइयो। रेल अधिकारीहरूले 10 जना महिला कर्मचारीलाई मोमेन्टो सहित रूखका विरूवा दिएर संवर्द्धना जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *