गणतन्त्र हननको विरोधमा र जातिय हितको पक्षमा पहाडका नेताहरू बिमल, विनय, अजयहरू देखिए एकै मञ्चमा

दार्जिलिङ (निसं): गणतन्त्र हननको विरोधमा अनि जातिय हितको पक्षमा भन्दै आज हाम्रो पार्टीका अजय एडवार्डस, गोजमुमो अध्यक्ष बिमल गुरूङ, तृणमूल नेता तथा सभासद विनय तामाङ र प्रकाश गुरूङ आज दार्जिलिङमा एकै मञ्च देखिए। गोर्खा स्वाभिमान सङ्घर्षको ब्यानरमा गणतन्त्रका हनन र गोर्खा जातिको हितको पक्षमा भन्दै हिज सोमबारदेखि दार्जिलिङको क्यापिटल हलमा विरोधाभास कार्यक्रम शुरू भएको छ। आज दोस्रो दिनको कार्यक्रममा हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डस, गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरूङ, सभासद विनय तामाङ, सिटिजन फोरमको पक्षबाट प्रकाश गुरूङ आदि प्रमुख रूपमा उपस्थित थिए। कार्यक्रमको आरम्भमा गोर्खा जातीय कवि अगम सिंह गिरीको जन्मदिनको अवसरमा आज तिनको तस्वीरमा दीप जलन तथा खदा अर्पण गरियो। कार्यक्रम अवधि हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डस, गोजमुमो अध्यक्ष बिमल गुरूङ, सभासद विनय तामाङ, सिटिजन फोरमको पक्षबाट प्रकाश गुरूङ आदि माझ एक महत्वपूर्ण बैठक गरे। लगभग आधा घण्टासम्म चलेको बैठकपछि हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले गोर्खा स्वाभिमान सङ्घर्षको ब्यानरमा आयोजना गरिएको कार्यक्रम गणतन्त्रको हनन र गोर्खा जातिको हित अनि पक्षमा गरिएको कार्यक्रम रहेको बताए। हिज सोमबारदेखि शुरू भएको कार्यक्रम एक महिना ब्यापी चल्ने पनि तिनले बताए। तिनले स्पष्ट शब्दमा भने, हामीले यो कार्यक्रमको निम्ति नगरपालिकालाई एक महिनाको किराय अघिबाट नै दिइसकेका छौ, त्यसकारण हामीलाई हाम्रो कार्यक्रमबाट कसैले पनि हटाउने प्रयास नगर्दा हुन्छ। अर्कोतिर, भोली 28 दिसम्बरमा हुने दार्जिलिङ नगरपालिकाको फ्लोर टेस्टलाई ध्यानमा राख्दै प्रशासनले 144 धारा लागू गर्ने कुरा छ भन्ने प्रश्नको जवाफमा हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले भने, प्रशासनले फ्लोर टेस्ट गर्न सक्छ तर हाम्रो कार्यक्रम जारी रहनेछ। यदि कसैले पनि हामीलाई हाम्रो कार्यक्रमदेखि अलग थलग गर्ने प्रयास गर्छ भने हामीलाई यहाँबाट घिसारेर निकाल्न पर्छ।


तिनले अझ भने, रूपियाँ पैसाको बलमा दार्जिलिङमा निर्वाचित जन प्रतिनिधिहरूलाई किनबेच गर्ने कार्यहरू भएको छ, जो उचित होइन। अब खरसाङ, मिरिक अनि कालेबुङ नगरपालिकाको चुनाउ हुने तय भएको छ। त्यसरी नै पहाडमा पञ्चायत चुनाउ हुने भएकोले जनताको मत पाएर निर्वाचित भएको जन प्रतिनिधिहरूलाई दार्जीलिङमा जस्तै रूपियाँ पैसाको प्रलोभनमा किनबेच गर्न सक्दैन भन्ने कुनै ग्यारेन्टी छैन। पहाडको कतिपय ठेकादारहरूले आफ्नो अवैध कार्यहरूलाई यथावत् राख्नको लागि रूपियाँ पैसाको प्रलोभनमा निर्वाचित जन प्रतिनिधिहरूको किन-बेच गर्ने कार्यहरू गरेको छ अनि रूपियाँ पैसाको प्रलोभन देखाउँदै किनबेच गर्ने कार्यको नायके अनित थापा रहेको एडवार्डसले आरोप लगाए। एकजना नगरपार्षदलाई 70 लाख रूपियाँसम्मको अफर दिएको छ अनि ती ठेकादार अहिले सिलगढीको एउटा होटलमा रूपियाँ पैसा लिएर बसेको छ एडवार्डसले दावी गरे। यसै सन्दर्भमा गोजमुमो अध्यक्ष बिमल गुरूङले पत्रकारहरूसँगको कुराकानीमा गणतन्त्रको हनन र गोर्खा जातिको हितमा हामी एकबद्ध भएका छौ भन्ने बताए। गोर्खा स्वाभिमान सङ्घर्षद्वारा आयोजित महिना ब्यापी कार्यक्रममा आफुले अंशग्रहण गर्ने स्पष्ट शब्दमा बताए। त्यसरी नै, सभासद विनय तामाङले अबको जीवन गोर्खा जातिको हितमा समर्पण गर्ने बताए। त्यसरी नै सिटिजन फोरमको कार्यकर्ता प्रकाश गुरूङले गणतन्त्रको हनन र गोर्खा जातिको हितमा हामी सबै एकबद्ध हुने आहवान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *