गाँधी स्मारक फुटबल टुर्नामेन्ट: मन्दिर टोल र मङ्पु युनाइटेड अघिल्लो चरणमा प्रवेश

खरसाङ : खरसाङ महकुमाको लोअर सिटोङ खेल मैदानमा डायरी गाउँ नव युथ क्लबको आयोजनामा सम्पन्न भइरहेको गाँधी स्मारक फुटबल टुर्नामेन्टको पहिलो राउण्डको खेल अन्तर्गत आज बहत्तर धुरालाई 3-1 गोलले पराजित गरेर मन्दिर टोल सिटोङ दोस्रो चरणमा प्रवेश गरेको छ। त्यसरी नै दोस्रो खेल युसीएफसी र मङ्ग्पु युनाइटेडमाझ खेलियो, जसमा निर्धारित समयसम्म दुवै दलमाझ 1-1 गोल भएपछि खेलाइएको अतिरिक्त समयको खेल अवधि मङ्पु युनाइटेडले 3-1 को अन्तरले जितेर अघिल्लो चरणमा प्रवेश गऱ्यो।  यस खेलमा निर्णायकको रुपमा फानस लेप्चा अनि सह निर्णायकको रुपमा सन्जुएल लेप्चा र एनोरा लेप्चा थिए। यस फुटबल टुर्नामेन्टको फाइनल खेल आगामी 2 अक्टोवर गाँधी जयन्तीको दिन खेलाइने छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *