गाँधी स्मारक फुटबल टुर्नामेन्टको दोस्रो चरणमा गुम्बा गाउँ र सुन्तले

खरसाङ: खरसाङ महकुमा अन्तर्गत लोअर सिटोङ खेल मैदानमा सम्पन्न भइरहेको गाँधी स्मारक फुटबल टुर्नामेन्टको आजको खेलमा गुम्बा गाउँ र सुन्तले आ-आफ्नो खेल जितेर दोस्रो चरणमा प्रवेश गरेको छ। आज भएको दुईवटा खेल अन्तर्गत पहिलो खेल मार्गरेट्स होप र गुम्बा गाउँमाझ सम्पन्न भयो। उक्त खेलमा गुम्बा गाउँले 4-0 गोलको अन्तरले खेल जितेर दोस्रो चरणमा सजिलै प्रवेश गरेको छ। दोस्रो खेलमा सुन्तले एनजेवाईसीले टुंगलाई 3-0 को अन्तरले जितेर दोस्रो चरणमा पुगेको छ।


यस खेलमा निर्णायकको रूपमा फानस लेप्चा र सह निर्णायकको रूपमा एनोरा लेप्चा, जेम्स लेप्चा, डेभिड लेप्चा थिए। गत 28 अगस्तदेखि शुरू भएको गाँधी स्मारक फुटबल टुर्नामेन्टमा मोठ 32 वटा टोलीले सहभागिता जनाएका छन् भने यस फुटबल टुर्नामेन्टको फाइनल खेल आगामी 2 अक्टोबर गाँधी जयन्तीको दिन हुने आयोजक समितिका फानस लेप्चाले जनाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *