गणेश चतुर्थीमा छात्रद्वारा कोरोनाबारे मानिसहरूलाई जागरुक

सिलगढी : गणेश चतुर्थीको अवसरमा एघारौँ श्रेणीका छात्र सौप्तिकले आफै भगवान गणेशको मूर्ति बनाएर आफ्ना परिवारका सदस्यहरूको साथमा घरमै गणेश पूजा-अर्चना गरे। यसको साथै तिनले गणेश पूजाको माध्यमद्वारा साधारण मानिसहरूले कोरोनाबारे जागरूक सन्देश पनि दिएका छन्। देशबन्धुपाड़ा निवासी पार्थ सूरका छोरा सौप्तिक सिलगढीको एउटा निजी अङ्ग्रेजी स्कुलमा एघारौँ श्रेणीका छात्र हुन् भने कुनै प्रशिक्षणबिनै तिनले यु ट्युब-को माध्यमद्वारा गणेशको मूर्ति बनाएका छन्। तिनले सानैदेखि आफूले नै गणेशको मूर्ति बनाएर पुजा गर्दै आइरहे तापनि यसवर्ष तिनले भिन्नै प्रकारको गणेशको मूर्ति बनाएर सहरवासीलाई कोरोनाबारे जागरूक सन्देश दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *