गणेश चतुर्थीमा नौकाघाट गणेश पूजा कमिटीद्वारा वृक्षारोपण कार्यक्रमको आयोजना

सिलगढी : आज गणेश चतुर्थी। प्रत्येक वर्ष सिलगढी सहरको विभिन्न ठाउँहरूमा गणेश चतुर्थीको पर्व बडो धुमधामको साथमा मनाउने गर्दछ। नौकाघाट गणेश पूजा कमिटीको तर्फबाट पनि प्रत्येक वर्ष एउटा विशेष कार्यक्रमको माध्यमद्वारा गणेश चतुर्थी धुमधामको साथमा मनाउने गरे तापनि यसपल्ट कोरोना महामारीको कारण नौकाघाट गणेश पूजा कमिटीले भिन्नै प्रकारले गणेश चतुर्थी मनाउने निर्णय लिएको छ। आज कमिटीको तर्फबाट एउटा वृक्षारोपण कार्यक्रमको आयोजना गर्नको साथै आवश्यकमन्द मानिसहरूलाई मच्छरदानी वितरण गरियो। यस अवसरमा भाजपाका सिलगढी सांगठनिक जिल्ला अध्यक्ष प्रवीण अग्रवाल, रथीन्द्र बोस लगायत पूजा कमिटीका सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *