गणेश पुजा कमिटी तथा गणेश पुजा महिला कमिटीको संयुक्त पहलमा गणेश पुजाको आयोजना

सिलगढी : सिलगढी नगरनिगमको 4 नम्बर वार्डको गणपति रोडको हेमन्तबोस कोलनीमा गणेश पुजा कमिटी तथा गणेश पुजा महिला कमिटीको संयुक्त पहलमा गणेश पुजाको आयोजना गरियो। सिलगढी नगरनिगमका प्रशासक गौतम देवले आज रिबन काटेर, दीप प्रज्ज्वलन गरेर गणेश पुजाको उद्घाटन गरे। यस अवसरमा मानिसहरूलाई मास्क तथा सेनिटाइजर पनि वितरण गरियो। उक्त कमिटीको गणेश पुजा यसपल्ट 3 वर्ष पुरा गर्यो भने यस वर्ष पुजाको थिम जल बचाऊ, जीवन बजाऊ रहेको छ। गणेश पुजाको उपलक्ष्यमा आगामी 12 सेप्टेम्बरको दिन रक्तदान शिविर, स्वास्थ्य जाँच तथा आँखा जाँच शिविरको आयोजना गरिने भएको छ। कोरोना भाइरसको संक्रमणबाट पृथ्वीलाई मुक्त गर्न भगवान् गणेशसित प्रार्थना गरेको पुजा कमिटीका सभापति धीरेन्द्र कुमार झा-ले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *