गणेश पुजाको अवसरमा रक्तदान शिविरको आयोजना

सिलगढी : विधान मार्केट गणेश पुजा वेलफेयर सोसाइटीको तर्फबाट गणेश पुजाको अवसरमा आज रक्तदान शिविरको आयोजना गरियो। कोरोना महामारीले गर्दा गत दुई वर्षदेखि साधारण रूपमा पुजाको आयोजना गर्दै आइरहे तापनि कमिटीको तर्फबाट विविध समाजमूलक कार्यक्रमको आयोजना गरिरहेको छ। विधान मार्केट गणेश पुजा वेलफेयर सोसाइटीले आज एउटा स्वयम्‌सेवी संगठनको सहयोगमा रक्तदान शिविरको आयोजना गर्यो भने शिविरमा मोठ 100 युनिट रगत संग्रह गर्ने लक्ष्य राखिएको बताइएको छ। उक्त शिविरमा बजार कमिटीका सदस्यहरूले पनि रक्तदान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *