जङ्गली भैँसीको हमलामा एकजना व्यक्ति घाइते

कुचबिहार : माथाभाङ्गा-2 नम्बर ब्लकको बड़ो सोलमारी इलाकामा जङ्गली भैँसीको हमलामा एकजना व्यक्ति घाइते भएको छ। घाइते व्यक्तिलाई उद्धार गरेर फालाकाटा अस्पतालमा लगेपछि हाल तिनी चिकित्साधीन अवस्थामा छन्। स्थानीय मानिसहरूले मंगलबार बिहान लगभग 6 वटा जङ्गली भैँसी उक्त इलाकामा घुमिरहेको देखेपछि यसबारे वन विभागलाई खबर दिएपछि वनकर्मी घटनास्थलमा पुगेर उक्त जङ्गली भैँसीहरूलाई पक्रिने प्रयास गरिरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *