गंगाराम चियाबगानबाट चितुवाका बच्चाहरू उद्धार

बाघडुग्रा: सिलगढी महकुमा अन्तर्गत गंगाराम चियाबगानको मुनिर डिभिजनबाट चितुवाका बच्चाहरू उद्धार भएपछि क्षेत्रमा सनसनी मच्चिएको छ। आज बिहान चियाबगानका श्रमिकहरु आफ्नो दैनिक कार्य गर्न बगानमा जाँदा उक्त चितुवाका बच्चाहरु भेटिएको बताइएको छ। चितुवाका बच्चाहरू चियाबगानमा फेला परेको खबर फैलिए पछि तुरुन्तै बाघडुग्रा वन विभागका कर्मीहरु घटनास्थलमा पुगेर उक्त चितुवाका बच्चाहरु उद्धार गरेको छन। यसको साथै त्यहाँ बच्चाहरूको माऊ चितुवा पनि रहेको हुन सक्ने आशंकालाई ध्यानमा राखेर उक्त क्षेत्र प्रतिबन्धित गरिएको छ। यसबारे कमानमा काम गर्ने सबै श्रमिकहरूलाई पनि सतर्क गराइएको छ। अर्कोतिर, बगानबाट उद्धार भएको चितुवाका बच्चाहरूलाई सुरक्षित स्थानमा लगिने वन विभाग सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *