गाँजाको खेतीविरुद्ध तुफानगञ्ज पुलिसको अभियान

कुचबिहार : तुफानगञ्ज थाना पुलिसले गाँजाको खेती विरुद्ध आज अभियान चलायो। प्राप्त जानकारीअनुसार तुफानगञ्ज 1 नम्बर ब्लकको बलरामपुर 1 र 2 ग्राम पञ्चायतको च्याँकाडोरा इलाकामा लगभग 11 बिघा जमिनमा गाँजाको खेती गरिएको थियो। तुफानगञ्ज पुलिसले यसबारे जानकारी पाएपछि तुफानगञ्जका म्याजिस्ट्रेटको उपस्थितिमा उक्त इलाकामा अभियान चलाएर यहाँको खेतीमा लगाइएको गाँजाको बोटहरू नष्ट गरिदिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *