गाँजा सहित 3 जना पक्राउ

जलपाईगढी : जलपाईगढी कोतवाली थाना पुलिसले 108 केजी गाँजा सहित 3 जनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरू त्रिपुरा निवासी रेशमा देवनाथ, उत्तम दास र तपन पाल सामेल छन्। गोप्य सूचनाको आधारमा जलपाईगढी कोतवाली थाना पुलिसले यहाँको विवेकानन्दपल्ली इलाकामा अभियान चलाएर एउटा वाहनलाई रोकेर सोधखोज गर्दा वाहनमा सवार मानिसहरूले आफूहरू पर्यटक रहेको बताए।


तिनीहरू त्रिपुराबाट सिलगढी घुम्न आएको बताए तापनि पुलिसलाई तिनीहरूमाथि सन्देह लागेर वाहनको छानबीन गर्दा 108 केजी गाँजा उद्धार गरेको बताइएको छ। यसपछि पुलिसले एउटी महिला सहित 3 जनालाई पक्राउ गरे। पक्रा परेका 3 जनालाई भोलि जिल्ला अदालतमा पेश गरिने पुलिस सुपर देवर्षी दत्तले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *