गाँजासहित 4 जना पक्राउ

जलपाईगढी : जलपाईगढीको गोशाल मोड इलाकाबाट पुलिसले गाँजासहित 4 जना व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार जलपाईगढीको गोशालामोड इलाकामा पुलिसले अभियान चलाएर दुईवटा वाहनबाट 85 केजी गाँजासहित 4 जना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। जफत गरेको उक्त गाँजाको अनुमानित बजार मूल्य लगभग 10 लाख रुपियाँ रहेको साथै ती चारजना व्यक्तिले उक्त गाँजा त्रिपुराको अगरतलाबाट बिहारमा बिक्री गर्ने उद्देश्यले लगिरहेको पुलिस सूत्रले जनाएको छ। पक्रा परेका चारजना आरोपीलाई भोलि जलपाईगढी अदालतमा पेश गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *