गाँजासहित दुई महिला, एक पुरुष पक्राउ

सिलगढी : सिलगढी प्रधान नगर थानाले गाँजा तस्करी गरेको आरोपमा दुईजना महिलासहित तीन जनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा मिलन दास अनि बन्सती मुर्मूर (30), सिमा मन्हतो (32) सामेल छन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार यी तीनैजना दक्षिण दिनाजपुरका वासिन्दा हुन्। पुलिसले तिनीहरूबाट 22 किलो गाँजा उद्धार गरेको छ। तीनैजना आरोपी विरूद्ध प्रधान नगर थाना पुलिसले एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेको छ। गोप्य सूचनाको आधारमा कोचबिहारबाट सिलगढी आइरहेको एउटा बसमा गत राति पुलिसले सादा पोसाकमा अभियान चलाएर तिनीहरूलाई पक्राउ गरेको बताइएको छ। आज पक्रा पर्नेहरूलाई सिलगढी अदालतमा पेश गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.