गाँजासहित एकजना पक्राउ

सिलगढी :  एनजेपी थानाको आमबाड़ी आउटपोस्ट पुलिसले 30 किलो गाँजासहित मोहम्मद छोट्टु नाम गरेको एकजना व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार गोप्य सूचनाको आधारमा आमबाड़ी आउटपोस्ट पुलिसले हिजो राति आमबाड़ी इलाकामा अभियान चलाएर 30 किलो गाँजासहित उक्त व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। यसभन्दा अघि पनि आरोपी मोहम्मद छोट्टु विभिन्न आपराधिक गतिविधिहरूमा संलग्न रहेको पुलिस सूत्रले जनाएको छ। आज आरोपीलाई जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *