गाँजासहित एकजना पक्राउ

सिलगढी : भक्तिनगर थाना पुलिसले सादा पोसाकमा अभियान चलाएर साढे पाँच किलो गाँजासहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका युवक सुमन सरकारको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार सुमन सरकारले गाँजा बिक्री गर्ने उद्देश्यले सिलगढीको हैदरपाडा मार्केट कम्प्लेक्समा घुमफिर गरिरहेको समय पुलिसले उक्त युवकलाई पक्राउ गरेको बताइएको छ। पुलिसले युवकबाट साढे पाँच किलो गाँजा उद्धार गरेको छ। पक्रा परेका आरोपी युवकलाई आज जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *