गाँजा तस्करी गरेको आरोपमा 2 जना पक्राउ

सिलगढी : गाँजा तस्करी गरिरहेको आरोपमा एनजेपी थाना पुलिसले दुईजना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा विश्वजीत सरकार र रणी देवको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार गोप्य सूचनाको आधारमा एनजेपी थाना पुलिसले गत राति फुलबारी इलाकामा अभियान चलाएर 6 केजी गाँजासहित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। उक्त गाँजा असमदेखि बिहारतर्फ लगिरहेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *