गाँजा तस्करीको आरोपमा एउटी महिला पुलिस हिरासतमा

सिलगढी : गाँजा तस्कर गरिरहेको आरोपमा बाघडुग्रा थाना पुलिसले एउटी महिलालाई हिरासतमा लिएको छ। प्राप्त जानकारी अनुसार आज उक्त महिला शिवमन्दिरबाट एउटा तेलको टिनमा गाँजा बोकेर वाहनमा सवार भएर बाघडुग्रामा ओर्लिन्। एकजना व्यक्तिलाई उक्त महिलालाई देखेर सन्देह लागेपछि बाघडुग्रा थाना पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर उक्त महिलालाई हिरासतमा लिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *