गणतन्त्र दिवसलाई ध्यानमा राखेर सिलगढी सहरमा कठोर सुरक्षा व्यवस्था

सिलगढी : 73औँ गणतन्त्र दिवसमा अब मात्र दुई दिन बाँकी रहेको छ। यसैले गणतन्त्र दिवसलाई केन्द्र गरेर सिलगढी मेट्रोपोलिटन पुलिसले सहरमा सुरक्षा व्यवस्था बढ़ाएको छ। सहरमा सुरक्षा व्यवस्थालाई बनाइ राख्ने उद्देश्य लिएर सिलगढी पुलिस कमिश्नर गौरव शर्मा स्वयम् सड़कमा ओर्लिएका छन्। गत राति सहरमा सुरक्षा व्यवस्थाको विशेष नजरदारी गर्ने उद्देश्य लिएर पुलिस कमिश्नर गौरव शर्मा आफ्ना टोलीको साथमा दार्जिलिङ मोड़ पुगेर नाका चेकिङ गरिरहेका पुलिसकर्मीहरूको साथमा उभिएर परिस्थितिको निरीक्षण गरे।


यस अवधि तिनले पुलिस अधिकारीहरूसित सहरको सुरक्षा व्यवस्थालाई लिएर कुराकानी पनि गरे। सुरक्षा व्यवस्थालाई लिएर तिनले पुलिस कर्मी लगायत खुपिया विभाग, डीडी, एसओजी, आईबी, डीआबी आदि सबै विभागका पुलिसहरूलाई अलर्ट गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *