गान्तोकमा 207औँ भानु जयन्ती पालन

गान्तोक : सिक्किम राज्यको राजधानी गान्तोकस्थित भानुभक्तको सालिग परिसरमा 207औँ भानुजयन्ती आज पालन गरियो। कोभिड 19-को संक्रमणलाई ध्यानमा राखेर यसपल्टको भानुजयन्ती कार्यक्रम सिक्किम सरकारको आयोजनामा साधारण रूपले पालन गरियो। यस अवसरमा राज्यका महामहिम राज्यपाल गङ्गाप्रसाद प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने राज्यका मुख्यमन्त्री पीएस गोले लगायत अन्य विभिन्न विभागका विशिष्ट मन्त्रीहरूको उपस्थिति रहेको थियो।


कार्यक्रममा सर्वप्रथम प्रमुख अतिथि राज्यपाल, विशिष्ट अतिथि, मुख्यमन्त्रीले भानुभक्तको सालिगमा माल्यार्पण गर्दै हार्दिक श्रद्धाञ्जलि अर्पण गरे। यसबाहेक छोटो रूपमा अन्य विभिन्न सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *