गान्तोकमा राष्ट्रिय एवम् अन्तरविद्यालय रामायण पाठ प्रतियोगिताको समापन

गान्तोक (निस): गान्तोकमा आयोजन भइरहेको 209 औँ भानु जयन्ती समारोहअन्तर्गत राष्ट्रिय एवम् अन्तर्विद्यालय रामायण पाठ प्रतियोगिता शनिवार समापन भयो। गान्तोकको नेपाली साहित्य परिषद् भवनको सभागारमा सम्पन्न अन्तर्विद्यालय रामायण पाठ प्रतियोगितामा वेस्ट पोइन्ट उच्चत्तर माध्यमिक विद्यालय प्रथम भएको छ। यसरी नै सिच्छे उच्चत्तर माध्यमिक विद्यालय दोस्रो अनि देउराली कन्या उच्चत्तर माध्यमिक विद्यालय तेस्रो विजेता भएको छ। प्रतियोगितामा पाँचवटा स्कूल लुइङ उच्चत्तर माध्यमिक विद्यालय, स्वरस्वती विद्या निकेतन, विद्या भारती तादोङ, टासी नामग्याल एकाडमी, आहुपुल किसान माध्यमिक विद्यालय तथा बहाई माध्यमिक विद्यालय तादोङलाई सान्त्वना पुरस्कार प्रदान गरियो।

यस प्रतियोगितामा 16 वटा विद्यालयले अंश ग्रहण गरेको थियो। गत 6 जुलाईको दिन सम्पन्न राष्ट्रिय रामायण पाठ प्रतियोगिताको परिणामअनुसार सिङतामकी रिता शर्माले प्रथम, राङ्काका भीमलाल पाण्डेले दोस्रो तथा तादोङ, डाँडागाउँका दयाराम भट्टराईले तेस्रो स्थान प्राप्त गरेका थिए। प्रतियोगिताका निर्णायकहरूमा कवि भवानी घिमिरे, विमल काफ्ले तथा संगीतकार मदन राई थिए। रामायण पाठको दुवै वर्गको प्रतियोगिताका श्रेष्ठ तीन-तीन जना विजेतालाई आउँदो 13 जुलाईको दिन गान्तोकको मनन केन्द्रमा आयोजन हुने राष्ट्रिय स्तरको भानु जयन्ती समारोहमा पुरस्कार प्रदान गरिने आयोजक समितिले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Built with ❤︎ by appycodes