गान्तोक: गान्तोक सहर नजिक गणेश टकबाट वन्य प्राणी विभागका कर्मीहरूद्वारा एउटा जङ्गली भालु पक्रिएको छ। उक्त भालु पक्रिएपछि यस क्षेत्रका मानिसहरूले राहतको स्वास फेरेका छन्। स्मरण रहोस, गत केही दिन अघिदेखि सिक्किम राज्यको विभिन्न स्थानहरुमा जङ्गली भालु देखिएको घटनाले स्थानीय मानिसहरूमा भयको माहौल देखा परेको छ भने कतिपय ठाउँहरूमा भालुको आक्रमणमा परेर मानिसहरू घाइते भइसकेका छन्। यसै क्रममा गान्तोकको गणेश टक क्षेत्रमा हाल भालुको आतङ्कले मानिसहरू भयभित बन्न पुगेका थिए भने उक्त भालुलाई वन विभागले पक्रेपछि स्थानीयहरुले खुशी प्रकट गर्नको साथै शान्तिको सास फेरेका छन्।
