गान्तोक अप्पर स्यारीको आगलागी पीडित परिवारलाई भेटे एसडीएफ नेताहरूले

गान्तोक : गान्तोकको अप्पर स्यारी निवासी निमछितेन भुटियाको घर गत राति आगलागीमा जलेर भष्म भएको छ। आगो लागेर घर सहित सम्पूर्ण सर-समानहरू पनि डढेर स्वाहा भएपछि परिवारका सदस्यहरू विचल्नीमा परेका छन्। उक्त आगलागीको खबर पाएर आज बिहान एसडीएफ पार्टीको पूर्व जिल्ला अध्यक्ष कर्मा टासी भुटिया, दावा फिन्चो लेप्चा लगायत पार्टीका कार्यकर्ताहरूले घटनास्थलमा पुगेर पीडित परिवारका सदस्यहरूलाई भेटेर आफूहरूको पार्टीको तर्फबाट हुनसक्ने सहयोगको आश्वासन दिए। गत राति भएको आगलागीको घटनामा सर-समान सहित घर डढे तापनि कुनै मानवीय क्षति नभएको बताइएको छ।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *