गाउँलाई प्लास्टिकमुक्त साथै सफा बनाउने युवाहरूको पहल

खरसाङ (निसं) : तीनधारे महानदी समष्टि अन्तर्गत घैयाबारीको देवीझोड़ा पगलाझोड़ाका युवाहरूले गाउँलाई प्लास्टिकमुक्त बनाउने अभियान शुरु गरेका छन्। देवीझोड़ाका 15-20 जना युवाहरूले मिलेर गाउँको सबै नाली-झोड़ाहरूको सर सफाई गर्दै सबै मैलाहरूको सफाई गरे। तिनीहरूले आफ्नो गाउँलाई सफा-सुग्घर बनाउने बारे अभियान नै शुरु गरेका छन्। युवाहरूले विशेष गरेर गिद्ध पहाड़देखि बगेर आएको सबै फोहोर मैलाहरूको सर-सफाई गरे। यसको साथै युवाहरूले गाउँलाई प्लास्टिकमुक्त बनाउनको लागि कार्य थालेका छन् र यसको लागि गाउँको ठाउँ-ठाउँमा डस्टबिनहरू पनि राख्ने योजना रहेको युवाहरूको पक्षमा सचिन गिरीले बताएका छन्। तिनले बताए अनुसार देवीझोड़ा गाउँलाई शुरुमा प्लास्टिकमुक्त गाउँ बनाउने अनि त्यसपछि ईको टुरिज्ममाथि कार्य गर्ने योजना रहेको छ। यसको लागि पहिला गाउँलाई प्लास्टिकमुक्त बनाएर स्वच्छ गाउँ अनि त्यसपछि ईको टुरिज्मको लागि युवाहरूले मिलेर कार्य गर्ने बताएका छन्। यस कार्यको लागि युवाहरूलाई एकमुष्टमा राखेर सामुहिक रूपमा कार्य गर्नलाई आगामी केही दिनमा नै कमिटी पनि गठन गरिने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *