गरमको विदापछि आजदेखि खोलियो राज्यका सबै सरकारी स्कुलहरू, विद्यार्थीहरूमा खुसी

राजगञ्ज : गरमको विदापछि राज्यको सबै सरकारी स्‍कुलहरू आज 27 जूनदेखि पुनः खोलिएको छ। आजदेखि स्कुलहरू खोलेपछि विद्यार्थीहरूमा निक्कै उत्साह देखियो। कोभिड 19-को प्रकोपले गर्दा देशभरिमै शिक्षण संस्थानहरू बन्द अवस्थामा थियो भने केही महिना अघि मात्र स्कुलहरू खोलिएको थियो। तथापि, केही दिनपछि फेरि राज्यका सबै स्कुलहरू गरमको विदाले गर्दा बन्द रहेको थियो। पहिला 45 दिनको गरमको छुट्टी दिएको थियो भने फेरि 11 दिन छुट्टी बढाइएको थियो। यसपछि आजदेखि स्कुलहरू खोलिएपछि राजगञ्ज ब्लकको हरिहर उच्च विद्यालयका विद्यार्थी तथा शिक्षक-शिक्षिकाहरूमा खुशीको माहौल देखापर्यो। यस सम्बन्धमा विद्यार्थीहरूको भनाइ अनुसार धेरै समयपछि आज स्कुल आउन पाउँदा निक्कै खुसी लागिरहेको छ। आज धेरै दिनपछि साथीहरू लगायत शिक्षकहरूसित भेट्न पाउँदा निक्कै खुसी छौँ। स्कुल बन्द रहे तापनि अनलाइन क्लास चलिरहेक थियो। अनलाइनको माध्यमद्वारा पढाई गर्न भन्दा क्लासमा आएर पढ्न आफूहरूलाई राम्रो लाग्दछ। हरिहर उच्च विद्यालयका प्रधानाध्यापक मनोजीत पालले बताएअनुसार गरमको विदापछि आजदेखि स्कुल खोलिएको छ। स्कुल बन्द रहे तापनि स्कुलको अफिस खुल्लै थियो। अनलाइन क्लास चलिरहेको थियो। स्कुलमा विद्यार्थीहरूलाई देखेर निक्कै राम्रो लागिरहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.