गरिब विद्यार्थीहरूको लागि बाघडुग्रा थानामा खोलियो ई-शिक्षा केन्द्र

सिलगढी :  असहाय तथा गरिब विद्यार्थीहरूको लागि सिलगढी मेट्रोपोलिटन पुलिसको पहलमा बाघडुग्रा थानामा ई-शिक्षा केन्द्र खोलियो। सिलगढीका पुलिस कमिश्नर अखिलेश चतुर्वेदीले आज ई-शिक्षा केन्द्रको उद्घाटन गरे। यसको साथै तिनले विद्यार्थीहरूलाई स्कुल ब्याग पनि प्रदान गरे। यस अवसरमा डीसीपी वेस्ट कुँवर भूषण सिंह, एसीपी वेस्ट मनिष कुमार यादव लगायत स्थानीय व्यवसायी समितिका सदस्य तथा समाजसेवीहरू उपस्थित थिए। अर्कोतिर, चोरी भएको 22 वटा मोबाइल उद्धार गरेर फोनको असली मालिकलाई सुम्पिदियो। यसको साथै बाघडुग्रा थानामा इन्भेस्टिगेसन रूमको पनि उद्घाटन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *