गरिबका मसिहा बिक्रम राईले विकास बोर्डबाट ओझेलमा परेको ललिता मंगरको जीर्ण अवस्थामा पुगेको घर बनाइदिने 

मङ्पु: कोरोना कालमा होस् अथवा असहाय, बिरामी, अग्नीपीडित  कुनै पनि परिवारलाई सेवा गर्न सधैं अग्रसर रहने व्यक्ति हुन् दार्जिलिङको रंगली रंगलीयट ब्लक अन्तर्गत पर्ने सिटोङ 1 निवासी समाजसेवी बिक्रम राई। तिनलाई गरिब जनताको मसिहा भन्दा अत्युक्ति नहोला सायद। पहाडको घर बनाउने बोर्ड तथा सरकारी निकायको नजरबाट ओझल बनेको सिटोङ तीन नस्पति गाउँ निवासी ललिता मंगरको जीर्ण अवस्थामा पुगेको घरमा गएर बिक्रम राईले सहयोग गर्ने वचन दिएका छन्। तिनले ललिता मंगरको घर अति जीर्ण अवस्थामा पुगेको देखेर अति दु:खी बन्दै गरिबको घर बनाउन भनेर गठन गरिएको बोर्डका सद्स्यहरुले यस्तो जीर्ण अवस्थामा रहेको घर किन देख्न सक्दैनन् भनि प्रश्न खडा गरे। घरको अति जीर्ण अवस्था देखेर भावुक बन्दै बिक्रम राईले यसै महीनादेखि ललिता मंगरको परिवारलाई प्रत्येक महीना तिनको ब्याङक खातामा दुई हजार गरेर हालिदिने आज वचन  दिएका छन्।

स्मरण रहोस्, बिक्रम राईले सिटोङ 1, 2 र 3 ग्राम पञ्चायत, समाज अनि सङ्घ-संस्थाले चिन्हित गरेर पठाएका गरीब निमुखा 25 परिवारलाई प्रत्येक महिना 2 हजार गरेर प्रदान गरिदिने भएको छ भने हालसम्म 17 जना गरिब परिवारको सूची तिनको हातमा आइसकेको अनि तिनीहरुलाई सदैव सहयोग गर्न तयार रहेको कुरा तिनले बताएका छन्। तिनले सिटोङ एक दुई अनि तीन ग्राम पञ्चायतका गरीब परिवारको धेरैवटा घर निर्माण गरिसकेका छन्। यसवाहेक, सरकारको आँखा नपुगेको बाटो मङ्पुको जोगीघाटदेखि घलेटार मानासम्मको 9 किलोमिटर दुरीको सडकलाई जेसीबी मशिन अनि प्रत्येक दिन 7 जना मानिसहरु लगाएर हाल तिनले सडकको मरमति कार्य गरिरहेका छन्। बिक्रम राईले पहाडको विभिन्न बोर्डका सदस्य अनि सरकारी निकायलाई गरिब परिवार ललिता मंगर जस्ताको घरमा पुगेर बोर्डको घरहरु बनाइदिने अपील गरेका छन्। बोर्ड सदस्यले यस्ता घरहरु निर्माण गरिदिँदा गरिबको समस्य मात्र समाधान नभएर धर्मको काम पनि हुने कुरा तिनी बताउँछन्। यस वर्ष मात्र सिटोङ क्षेत्रमा बिक्रम राईले 14 जना गरिब परिवारको बस्ने घर निर्माण गरिदिइसकेको अनि ललिता मंगरको घर पनि बनाइदिने तिनले वचन दिएका छन्।

 

–  केशर मोक्तान

Leave a Reply

Your email address will not be published. Required fields are marked *