गरिब परिवारका रीता माध्यमिक परीक्षाको तयारीमा

सिलगढी : आर्थिक अवस्था कमजोर भए तापनि सिलगढी बुद्धभारती हाई स्कुलकी दशौँ श्रेणीकी छात्रा रीता हलदार माध्यमिक परीक्षाको तयारीमा लागि परेकी छन्। स्कुलमा प्रथम आउने रीताले यस वर्ष माध्यमिक परीक्षा दिनेछिन्। तिनको बाबा माछा विक्रेता अनि आमा अरूको घरमा काम गर्ने गर्दछिन्। छोरीलाई राम्रो शिक्षा दिएर भविष्यमा उच्च पदमा नोकरी गरोस् भन्ने रीताको आमाबाबुको सपना रहेको छ। आर्थिक अवस्था कमजोर भए तापनि खुबै मन लगाएर कठोर परिश्रम गरेर तिनले माध्यमिक परीक्षाको तयारी गरिरहेको साथै उक्त परीक्षामा राम्रो अङ्क ल्याएर उत्तीर्ण गर्ने तिनले बताइन्। सोमबार रीताले कठोर परिश्रम गरेर आर्थिक कमजोरीसँग जुझ्दै भए पनि भविष्यमा उचाईँको शिखरमा पुग्ने आफ्नो ठूलो ईच्छा रहेको बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *