गाडीधुरामा 18 देखि 25 वर्षसम्मका युवाहरूले समाए तृणमूलको झण्डा

गाड़ीधुरा : खरसाङ खण्डको गाड़ीधुरामा आज 18 वर्षदेखि 25 वर्षसम्मका धेरैजना युवाहरूले तृणमूल कांग्रेसको सदस्यता ग्रहण गरे। तृणमूल कांग्रेसको पक्षबाट गाड़ीधुरा क्षेत्रमा विकासमूलक कार्य गर्ने अनि क्षेत्रलाई सुन्दर तथा विकसित गर्न आफूहरू तृणमूल कांग्रेसमा सामेल भएको तिनीहरूले बताए। सभालाई सम्बोधन गर्ने क्रममा हिल तृणमूल कांग्रेस अध्यक्ष एलबी राईले जसरी आज पहाड़का मानिसहरूले तृणमूल कांग्रेस अनि मुख्यमंत्री ममता ब्यानर्जीको कार्य कौशलतालाई हेरेर पार्टीमा सामेल भइरहेको बताउँदै अब पहाड़मा तृणमूल कांग्रेसले सत्ता सम्हाल्ने निश्चित रहेको आशय व्यक्त गरे। राज्यसभा सांसद शान्त छेत्रीले धेरै वर्ष भावनाको राजनीति गरेको उल्लेख गर्दै अब भावनामा होइन यथार्थको राजनीति गर्नुपर्ने बताइन्।


यसै सभामा अखिल भारतीय तृणमूल कांग्रेसको कोर कमिटी चयन भएकोमा राज्यसभा सांसद शान्ता छेत्रीलाई एडहक टीचर अर्गनाइजेशनको पक्षबाट सम्वर्द्धना जनाइयो। पार्टीको खरसाङ महकुमा समिति अध्यक्ष मिङमा भोटियाको सभापतित्वमा सम्पन्न सभामा राज्यसभा सांसद शान्ता छेत्री, हिल तृणमूल कांग्रेस अध्यक्ष एलबी राई, तृणमूल कांग्रेस श्रमिक संगठन अध्यक्ष प्रदीप प्रधान, सचिव एनबी खवास, सार्की विकास बोर्ड अध्यक्ष सदीप सार्की, खस विकास बोर्ड उपाध्यक्ष अन्ते सन्यासी, खरसाङ खण्ड सभापति समृत छेत्री लगायत अन्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *