गाड़ीधुरामा गोजमुमो-को विभिन्न बुथहरूलाई लिएर सांगठनिक सभा

खरसाङ : खरसाङ खण्डको गाडीधुरास्थित नवनिर्मित सार्वजनिक भवनमा गोजमुमो गाडीधुराका तीनैवटा बुथका प्रतिनिधिहरूलाई लिएर कपिल छेत्रीको सभापतित्वमा एउटा सांगठनिक सभा आज सम्पन्न भयो। उक्त सभा विशेष बुथ कमिटी गठनपछि के कस्ता सांगठानिक विस्तार भइरहेको छ, जनगुनासो के कस्ता छन् सबै बुझ्नलाई राखिएको थियो। सभामा तीनैवाट बुथका एक-एकजना प्रतिनिधिले आफ्नो आजसम्म गरिएको संगठनको कार्य विषयमा आफ्नो वक्तव्य राखे। सभामा खरसाङ महकुमा समिति कार्यकारी अध्यक्ष समीरदीप ब्लोन, महासचिव अनोश थापा, सहसचिव अमीर प्रधान, सांगठानिक सचिव दया देवान, प्रचार प्रसार सचिव उत्तम प्रधान, सदस्य तथा खरसाङ महकुमा मिडिया प्रभारी अनुप रामुदामु, सदस्य परेश तिर्की, बीओए सदस्य अनु छेत्री, बीओए सदस्य जौतुन निशा खातुन, समष्टि सभापति प्रणाम रसाइली, सचिव ललित प्रधान, सांगठानिक सचिव सन्तोष लामा, सहसचिव कुनाल छेत्री, प्रचार प्रसार सचिव फुलचन्द कुजुर, सदस्य जिनोद परियार, नारी मोर्चा समष्टि सभानेत्री रिना थिङ्ग, सचिव सत्य गोले, खरसाङ महकुमा समिति प्रचार प्रसार सचिव उत्तम थापा आदिको विशेष उपास्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *