गाड़ीधुरा मरियनबाड़ी चियाबारीमा गोरामुमो-को सांगठनिक सभा

मिरिक : गाड़ीधुरा मरियनबाड़ी चियाबारीको रंगशाला भवनमा आज गोर्खा राष्ट्रिय मुक्ति मोर्चा पंखाबारी गिद्धे पहाड समष्टिका प्रतिनिधिहरूलाई लिएर नरेश गुरुङको अध्यक्षतामा सांगठनिक सभा सम्पन्न भयो। सभामा सङ्गठनलाई सशक्त बनाउन अनि वर्तमान राजनैतिक वस्तु स्थितिमाथि जागरुक गराउने तथा संवैधानिक व्यवस्थालाई संस्थागत गराउने गोरामुमोको लक्ष्यमाथि चर्चा गरियो भने पहाडमा शुरु भएको राजनैतिक चलखेलमाथि वक्ताहरूले प्रकास पारे। गोरामुमो नेता थेबा तामाङले पहाड, तराई, सिलगढी तथा डुवर्सका सम्पूर्ण गोर्खाहरूको राजनैतिक सुरक्षाहेतु मात्र होइन सम्पूर्ण भारतभरि छरिएर बसेका गोर्खा सन्तान र भावी सन्तानको लागि संवैधानिक प्रत्याभूति भएको स्थायी राजनैतिक समाधानको पक्षमा जागरुक गराउने उद्देश्यले साङ्गठनिक सभाको आयोजन गरिएको तिनले बताए। उक्त सभामा केन्द्रीय प्रवक्ता महेन्द्र छेत्री, खरसाङ महकुमा नेता निमा लामा लगायत खरसाङ अनि तराईका नेता तथा नारी नेतृत्वहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *