गाड़ीधुरा र मरियनबारीको मोठ 136 परिवारलाई पर्जापट्टा वितरण गरिने

खरसाङ : खरसाङ महकुमा अन्तर्गत गाड़ीधुरा र मरियनबारीको मोठ 136 परिवारलाई पर्जापट्टा वितरण गरिने भएको छ। यस विषयमा खरसाङको गाडीधुरामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अम्बटे पंखाबारी लङ्भ्यु समष्टिका सभापति मणिराज डुम्जनको अध्यक्षतामा एउटा सभा सम्पन्न भयो। उक्त सभामा क्षेत्रीय सभासद एवम् जीटीए-का कार्यकारी सभासद कल्पना प्रधान, नारी शक्ति केन्द्रीय समितिका अध्यक्ष अनु प्रधान, मनोनित सभासद प्रमाण रसाईली, भागोप्रमो खरसाङ महकुमा समितिका सभापति सुवास प्रधान लगायत अन्य उपस्थित थिए। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो खरसाङ महकुमा समितिका सभापति एवम् पर्जापट्टा समितिमा खरसाङ क्षेत्रको सदस्य सुवास प्रधान र समष्टि सभासद कल्पना प्रधानले पत्रकारहरूसित कुराकानी गर्दै आगामी 28 नोभेम्बरको दिन जीटीए चिफ् एक्जिक्युटिभ तथा भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापाको विशेष उपस्थितिमा गाड़ीधुराको सार्वजनिक भवनमा गाडीधुरा र मरियनबारी क्षेत्रको मोठ 136 परिवारहरूलाई पर्जापट्टा वितरण गरिने जानकारी दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *