गाड़ीधुरा र मरियनबारीको 136 जनालाई जमीनको पर्जा पट्टा वितरण

खरसाङ (निसं): खरसाङ महकुमा अन्तर्गत गाड़ीधुरा र मरियनबारीको जम्मा 136 जनालाई आज जमीनको पर्जा पट्टा वितरण गरियो। आज एउटा कार्यक्रमबीच गाड़ीधुरा र मरियनबारीको मोठ 136 जनालाई जीटीए चिफ् एक्जीक्युटिभ अनित थापाको बाहुलीबाट जमीनको पर्जापट्टा वितरण गरियो। यस जमीनको पर्जापट्टा वितरण कार्यको लागि उपस्थिति दिन गाड़ीधुरा आइपुगेका जीटीए चिफ् एक्जीक्युटिभ अनित थापालाई पार्टी कार्यकर्ताहरू र गाडीधुरावासीले सड़कदेखि नै बाजा-गाजाको साथमा स्वागत गरेर गाड़ीधुराको सार्वजनिक भवनसम्म लगेका गए।


जीटीए चिफ् एक्जीक्युटिभ अनित थापाको बाहुलीबाट नै गाड़ीधुरा र मरियनबारीको जम्मा 136 जनालाई जमीनको पर्जापट्टा वितरण गरियो भने यस कार्यक्रममा महकुमा शासक खरसाङ आईएएस एजाज अहमद, खरसाङ खण्ड विकास अधिकारी लक्ष्मण विस्वास लगायत अन्यहरू उपस्थित थिए। कार्यक्रमपछि पत्रकारहरूसित कुराकानी गर्दै जीटीए चिफ् अनित थापाले गाडीधुरावासीले लामो समयदेखि भोग्दै गरेको समस्या आज समाधान भएको छ र आज गाडीधुरावासीले जमीनको पर्जापट्टा पाएका छन् भने आगामी दिनमा अन्य सबैले विस्तारै पाउँदै जानेछ भनी बताए। तिनले अन्य स्थानका मानिसहरूले पनि जमीनको पर्जापट्टा पाउने बताएका छन्। अर्कोतिर, कार्यक्रमपछि हिजो हाम्रो पार्टीको स्थापना दिवस कार्यक्रममा अनित थापालाई नेपालको वासिन्दा हो भन्नेबारे लगाएको आरोपबारे पत्रकारहरूले सोधेको प्रश्नको जवाबमा तिनले अरूले जे सुकै भन्दै जावोस् आफुलाई कुनै पर्वाह नरहेको तर आफु पहाडको विकास गर्दै जाने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *