गर्मीबाट बाँच्न राजगञ्ज थानाको तर्फबाट मानिसहरूलाई ओआरएस तथा पेयजल वितरण

राजगञ्ज (निसं): अत्याधिक गर्मीबाट बाँच्नका लागि राजगञ्ज थाना पुलिसको तर्फबाट मानिसहरूलाई ओआरएस अनि पेयजल वितरण गरियो। अधिक गर्मीबाट मानिसहरूलाई केही भए तापनि राहत दिने उद्देश्यले राजगञ्ज थाना पुलिसले उक्त पहल गरेको बताइएको छ। आज बिहिबार राजगञ्ज थाना पुलिसको तर्फबाट सिलगढी-जलपाईगढी राष्ट्रीय राजमार्गमा पर्ने फाटापुकुर, हातिमोड़, सरियाम र बेलाकोबामा ट्राफिक पुलिस, सिभिक भोलेन्टियरहरूको साथमा चालक अनि सडकमा हिड्ने मानिसहरूलाई ओआरएस-को पेकेट अनि पानीको बोतल प्रदान गरियो। राजगञ्ज थानाका आईसी अनुपम मजूमदारले बताए अनुसार उत्तर बंगालमा हाल तापमान 35 डिग्री छेउचाउ पुगेको छ। यति धेर गर्मी भए तापनि मानिसहरू कामको लागि घर बाहिर निक्लिनु पर्दछ। यसको साथै केही पुलिसकर्मीहरू गर्मीको पर्वाह नगरी सडकमा उभिएर ट्राफिकलाई नियन्त्रित गरिरहेको छ। यसैलाई ध्यानमा राखेर आज लगभग 600 जना मानिसहरूलाई पेयजल एवं ओआरएस वितरण गरिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *