ग्यास वितरकलाई कुटपीट गर्नको साथै आगो लगाउने प्रयास

सिलगढी : सिलगढी नगरनिगमको 5 नम्बर वार्ड अन्तर्गत पर्ने नतुनपाडा इलाकामा ग्यास वितरण गर्न आउने एकजना व्यक्तिलाई शुक्रबार बिहान कुटपीट गरेको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारीअनुसार ग्यास वितरण गर्न आउने व्यक्ति सधैँ झैँ आज पनि ग्यास वितरण गर्न आइरहेको समयमै अन्य रिक्सामा सवार भएर आएका दुईजना मद विक्रेतासित सामान्य विवाद शुरू भएपछि अन्तमा मद विक्रेताले उक्त व्यक्तिलाई कुटपीट गर्नको साथै ग्यास सिलेन्डरमा आगो लगाइदिने प्रयास गरेको आरोप रहेको छ। स्थानीय मानिसहरू घटनास्थलमा पुगेपछि ती दुई व्यक्तिले अवैध रम-रक्सी छोडेर घटनास्थलबाट सुइँकुच्चा ठोके। घटनाको खबर पाएर सिलगढी थाना पुलिस घटनास्थलमा पुगेर उक्त अवैध रम-रक्सी जफत गरेर थानामा लगेको बताइएको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *